स्कूल बसको ठक्करबाट नवलपरासीमा ३ जना गम्भीर

1,034







नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा ९ मा थुम्की देवी ब्राइट फ्युचर इंलिस बोडिङ्ग स्कूलको स्कूल बसको ठक्करबाट ३ जना गम्भीर घाइते भएका छन् ।

मंगलबार विहान मध्यविन्दु नगरपालिका ९ बसन्तपुरको भित्री सडक खण्डमा ग १ क २४८३ नम्बरको स्कुल बसले विपरित दिशाबाट आउँदै गरेको लु २० प २४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा ३ जना गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा परी मध्यविन्दु १३ निवासी मनु विक, २६ बर्षीय तुलबहादुर खाम्चा, ३५ बर्षीय सन्तबहादुर कुमाल गम्भीर घाइते भएका छन् ।
उनीहरुको पुरानो मेडिकल कलेजमा उपचारको लागि पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

ठक्कर दिन बस प्रहरी चौकी चोरमाराको नियन्त्रणमा रहे पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

You might also like
Loading...