अपडेटः नवलपुरमा स्कूल बसको ठक्करबाट एक जनाको निधन

884







नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा ९ मा थुम्की देवी ब्राइट फ्युचर इंलिस बोडिङ्ग स्कूलको स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएका ३ जना मध्ये एक जनाको निधन भएको छ ।

मंगलबार विहान मध्यविन्दु नगरपालिका ९ बसन्तपुरको भित्री सडक खण्डमा ग १ क २४८३ नम्बरको स्कुल बसले विपरित दिशाबाट आउँदै गरेको लु २० प २४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा ३ जना गम्भीर घाइते भएका थिए । घाइते मध्ये मध्यविन्दु नगरपालिका १३ निवासी ३५ बर्षीय सन्तबहादुर कुमालको निधन भएको हो ।

उनको उपचारको क्रममा भरतपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहले बताए ।
दुर्घटनामा परी मध्यविन्दु १३ निवासी मनु विक, २६ बर्षीय तुलबहादुर खाम्चा गम्भीर घाइते भएका छन् ।
उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।

ठक्कर दिन बस प्रहरी चौकी चोरमाराको नियन्त्रणमा रहे पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

You might also like
Loading...