नवलपुरमा कोरोना पोजेटिभ एक जनाको निधन


नवलपुर । पूर्वी नवलपरासीमा बुधबार थप एक जना कोरोना पोजेटिभको निधन भएको छ । यो सहित नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।




जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार कावासोती १४ निवासी ७८ बर्षीय जेष्ठ नागरिक मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको मंगलबार राति निधन भएको हो । १२ गते अस्पताल भर्ना भएका उनलाई डाइबेटिज र निमोनिया समेत रहेको अस्पतालका डा. शिवराज न्यौपानेले जानकारी दिए ।




पूर्वी नवलपरासीमा अहिलेसम्म २ हजार ३ सय २१ ज्नामा कोरोना पोजेटिभ देखिएको छ भने अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय २५ रहेको छ ।




सम्बन्धित
Loading...