परासीमा विउबिजन उत्पादन तथा व्यवस्थापन तालिम
परासी, मंसिर १७ ।
विउबिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी तीन दिने तालिम बुधबारदेखि परासीमा सुरु भएको छ । नेपाल बिउ व्यासायी संघ पश्चिम नवलपरासीको आयोजनामा भएको उक्त तालिमको बुधबार एक कार्यक्रमका बीच उद्धघाटन गरिएको हो ।
बिउ व्याव्सायी संघ पश्चिम नवलपरासीका कार्यबाहक अध्यक्ष दिपक कुमार आचार्यको अध्यक्षता तथा कृषी ज्ञान केन्द्र परासीका प्रमुख देवेशकुमार मिश्रको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख मिश्रले पश्चिम नवलपरासी सहित अन्य जिल्लाहरूमा विउबिजन सम्बन्धि अबैधानिक रूपमा पसलहरु खुलेको जनगुनासो बढेपछि त्यसको रोकथामका लागि यस्तो तालिमको व्यवस्था गरेको बताए।
नेपालका पुराना बिउको संरक्षण गर्दै बिउहरू उत्पादन, भण्डारणको व्यवस्था मिलाएर किसानहरूलाई सफल विउबिजन हस्तान्तरण गर्नुपर्नेमा मिश्रले जोड दिए । कार्यक्रममा बरिष्ठ बाली बिकास अधिकृत भैरहवाका प्रमुख दिपक सापकोटाले सम्पूर्ण विउबिजनको व्यासायी भएपछि किसानहरू मर्कामा पर्दा व्याव्सायी नै जवाफदेही हुनपर्ने बताए ।
https://www.youtube.com/watch?v=2247ktAbCLE&t=3s
