नवलपुरको देवचुलीमा लागुऔषध सहित दुई युवक पक्राउ


कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाबाट नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।




जिल्ला प्रहरी कायाृलय नवलपुरका अनुसार देवचुली नगरपालिका १५ प्रगतिनगर चोकमा चेक जाँचको क्रममा लु १ ख ९१८१ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा तनहुँ जिल्लाको व्यास नगरपालिका ३ वीसघरे वस्ने वर्ष १९ को सोहन मिया र झापा जिल्लाको दमक नगरपालिका २ घर भई हाल तनहुको व्यास नगरपालिका २ बस्ने वर्ष १९ को बिबेक रानालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले २ एम एल दरको झोल रहेको डाइजापाम २५ एम्पुल, २ एम एल दरको झोल रहेको नुफिन २५ एम्पुल, २ एम एल दरको झोल रहेको फेनरागन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल मध्ये १०÷१० एम्पुल डाइजापाम, नुफिन र फेनारागन गरि ३० एम्पुल सध्य रहेको र १५÷१५ गरि ४५ एम्पुलहरु फुटि सिसाका टुक्राहरु रहेको झोलमा पोखिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।




प्रहरीले उनीहरुलाई लागुऔषध ऐन अनुसार कारवाहीको तयारी थालेको जनाएको छ ।




सम्बन्धित
Loading...