कावासोतीमा मोटरसाइकल र स्कुटी ठक्कर खाँदा एक जना घाइते
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ डम्मर चोक स्थित भित्री सडक खण्डमा ना ४९ प २२०१ नम्बरको स्कुटी र ना १८ प १५४७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जना घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार स्कुटी चालक कावासोती २ निवासी ३५ बर्षीय जानुका सुवदी चापागाई घाइते भएका हुन् । उनको बाँया खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुई वटै सवारी साधनलाई नियन्त्रणमा लिएको छ भने मोटरसाइकल चालकलाई पनि नियन्त्रणमा लिएको छ । घाइतेको चितवनको भरतपुर स्थित मनकामना अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=9iPDSstDYtU