धान काट्दा विवाद भएपछि छोराद्वारा बाबुको हत्या

98







गाेरखा । आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् ।

गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या अभियोगमा ४० वर्षीय छोरा भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका ८ धापेस्थित खेतमा धान झाट्ने क्रममा बाबु छोराविच झगडा हुँदा भुवनले बुबा तुलारामलाई लाठीले हानेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले भुवनलाई पक्राउ गरेपछि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

You might also like
Loading...