देवचुली वडा नं. ९ मा आधारभुत स्वास्थ्य सेवा शुरु

98







कृशला सापकोटा –
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नंं ९ मा विहीबारदेखि आधारभुत स्वास्थ्य सेवा शुरु भएको छ ।
देश संघीयतामा गए पछि अहिले प्रत्येक स्थानीय तहमा प्रत्येक वडा वडामा आधारभूत स्वास्थ्य सेवा शुरु गर्नु पर्ने प्रावधान अनुसार देवचुली नगरपालिका ९ मा पनि आधारभुत स्वास्थ्य सेवा शुरु गरिएको हो ।

विहीबारदेखि देवचुली ९ मा आधारभुत स्वास्थ्य सेवा शुरु भएको वडा अध्यक्ष मेखबहादुर थापा सारु मगरले बताए ।
स्वास्थ्य सेवा केन्द्रमा खोप, प्राथमिक उपचार, गर्भवती महिलाको स्वास्थ्य अवस्था परीक्षण, ३२ प्रकारका निशुल्क औषधिहरु समेत उपलब्ध हुने गर्दछ ।

यस अघि यस वडामा खोप केन्द्रमात्र सञ्चालनमा रहेको थियो अहिले स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि सामान्य उपचार तथा सिटामोल लिन पनि बाहिर जानु पर्ने बाध्यता हटेको वडा अध्यक्ष सारुले बताए ।
देवचुलीमा अहिलेसम्म यो सहित ६ वटा आधारभुत स्वास्थ्य सेवा सञ्चालनमा आएको छ ।

You might also like
Loading...