रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

83







रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ सखुवानीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लु ३७ प ९१७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका–१ बस्ने वर्ष ३५ का कमल प्रकाश कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । कार्कीको क्रिमसन अस्पताल मणिग्राममा आज मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिनुभयो ।

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवदह–१० चरङ्गे चोकमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दाङबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३ – ०३– ००१ ख ००५९ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कायालयले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

 

You might also like
Loading...