वर्दघाटले दमकल ल्यायो

128







नवलपरासी, मंसीर १६ गते । आगलागीका घटनाहरुबाट क्षति न्युनिकरण गर्नका लागि आवश्यक रहेको दमकल पश्चिम नवलपरासीको वर्दघाट नगरपालिकाले खरिद गरी ल्याएको छ ।

वर्दघाट नगरपालिकाले गत आर्थिक वर्षमा नै खरिद गरि ल्याउने ब्यवस्था मिलाएको भए पनि कोविड संक्रमणले भएको बन्दाबन्दीका कारण दमकल ल्याउने प्रकृया रोकिएको भए पनि अहिले स्वाश्थ्यको वातावरण केही सहज भए पछि दमकल खरिद गरि ल्याईएको वर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्माले बताउनु भएको हो ।

विद्युतीय बोलपत्र मार्फत खरिद प्रकृया अगि बढाईएको दमकल खरिद योजनाको ६० लाख रुपियाँ वर्दघाट नगरपालिकाको कोषबाट खर्च गरिएको वर्दघाट नगरपालिकाका सुचना अधिकृत पुष्कर काफलेले बताउनु भएको हो ।

पश्चिम नवलपरासीमा रामग्राम नगरपालिकाले मात्र एउटा दमकल राखेको थियो जो जिल्लाका सात वटा पालिकाहरुमा अत्यन्तै अपुग अवश्थामा रहेको थियो । वर्दघाट नगरपालिकाले दमकल ल्याए पछि अन्य स्थानिय निकायहरुलाई पनि राहत भएको जिल्ला समन्वयन समितीका अध्यक्ष शिवशंकर रायले बताउनु भएको छ ।

पश्चिम नवलपरासीको कुनै स्थानमा आगलागी भएको अवश्थामा बुटवलबाट दमकल मगाउनु गर्ने अवश्था रहेको थियो । रामग्राम नगरपालिकामा दुई वटा दमकलहरु रहेको भए पनि एउटा विग्रीएको छ भने एउटा मात्र दमकल जिल्लामा अप्रयाप्त थियो ।

You might also like
Loading...