नवलपुरमा नयाँ संक्रमित शून्य
नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो २ दिन यता कोभिड १९ को संक्रमण दर शून्य पाइएको छ ।
शुक्रबार र शनिबार कुनै पनि नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
नवलपुरको अहिलेसम्म कोभिड १९ का कुल संक्रमितको संख्या २ हजार ३ सय ४७ पुगेको छ ।
यस्तै, जिल्लामा डिस्चार्ज हुनेको संख्या २ हजार ९५ पुगेको छ । अव जिल्लामा सक्रिय संक्रमित २२४ जना छन् ।
नवलपुरमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । ज्यान गुमाउनेमा ७ महिला र २१ पुरुष छन् ।
जिल्लाको गैंडाकोटमा २ महिला र ७ पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।
यस्तै कावासोतीका ३ महिला र ५ पुरुष गरी ८ जनाको कोरोनाका कारण ज्यान गएको छ भने देबचुली नगरपालिकामा १ महिला र ५ पुरुषगरी ६ जनाको मृत्यु भएको छ । बिनयी त्रिबेणीमा १ महिला र २ पुरुष गरी ३ जना र मध्यबिन्दुका २ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरको विवरणमा उल्लेख छ ।
https://www.youtube.com/watch?v=9iPDSstDYtU
