बुद्धकालिन ककरपत्तनगरको खोजी
- गोपी ज्ञवाली –
सन १८९६ मा लुम्बिनीमा अशोकको स्तम्भ भेटिए पछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रमाणीत भयो । त्यस पछि लुम्बिनीको खोजीको काम सकियो । बुद्धको जन्मस्थल लुम्बिनी पत्ता लागे पछि गौतम बुद्धसंग सम्बन्धित अन्य स्थानहरु तिलौराकोट, बुद्धको मावलीस्थल प्राचिन कोलिय राज्यको राजधानी देवदह, बुद्धको अखण्डीत अस्तधातु गाडिएको नवलपरासीको रामग्राम स्तुप लगाएतका स्थानको खोजीको क्रम पछिल्लो समयमा तिब्रता पाएको छ । यसै क्रममा पुरातत्व विभागले प्राचिन कोलिय गणराज्यको राजधानी खोजने क्रममा पुरातात्वीक अध्यनका लागि २०७१ देखी २०७३ सम्म विभिन्न तरणमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वार्ड नम्बर १६ स्थित पंडितपुरमा उत्खनन गर्यो । प्राचिन बुद्धकालिन कोलिय गणराज्यको राजधानी एवं मुख्य नगर प्राचिन देवदहको अध्यनका लागि विभिन्न चरणमा उत्खनन गरीएको छ । अहिले सम्मको उत्खननबाट प्राप्त प्रमाणहरुले बुद्धको मावलीस्थल कोलिय राज्यको राजधानी एवं प्राचिन कोलिय गणराज्यको राजधानीको मुख्य नगरको रुपमा रहेको देवदह नगर उक्त उत्खनन गरिएको आधिकारीक घोषणा नगरिए पनि पंडितपुरमा प्रमाणहरु अधिकांश मिलेका छन । पुरातत्व भिागले उत्खनन अध्ययनका क्रममा प्रप्त होलहरु, त्यो समयमा प्रयोग गरिने भाडा, मुर्ती लगाएता प्रमाणहरु फेल परेको बताएका छन । बुद्ध कालिन अन्य सभ्यताहरुको खोजीका क्रममा कोलिय गणराज्य भित्र रहेका सातवटा नगरहरु काहां थिए भन्ने विषयले अहिले पुरातत्व वा ईतिहासमा चासो राख्नेहरुका लागि अत्यन्तै महत्वपुर्ण खोजीको विषय बनेको छ ।
बुद्धको मावली स्थल प्राचिन कोलिय गणराज्यको क्षेत्र पश्चिममा रोहिणी नदि र पुर्वमा नारायणी नदी भित्र अवस्थित रहेको बुद्ध ग्रन्थ त्रिपिटकमा बताईएको छ । आज बुद्धको बारेमा जति पनि अध्ययन वा खोज भई रहेको छ त्यो आधार भनेको चिनीया यात्री फाययान ले लेखेको यात्रा ग्रन्थलाई आधार मानेर गर्ने गरिएको छ । फाययानको यात्रा विवरणमा वर्णन गरिए अनुसार नै खोज ीगर्ने क्रमम लुम्बिनी पत्ता लागेको हो । त्यहां अशोकको स्तम्भ फेला परे पछि लुम्बिनी यही नै रहेको प्रमाणित भएको हो । लुम्बिनी फत्ता लागे पछि फाययानको यात्रा ग्रन्थमा भनिए अनुसारको दुरी र दिशामा अध्यन उत्खनन गर्दा बुद्धको मावली स्थल प्राचिन देवदहको खोजी उत्खनन पश्चिम नवलपरासीको पंडीतपुरमा गरिएको थियो र सो हि अनुसारका प्रमाणहरु पनि भेटिएका छन । प्राचिन कोलिय गणराज्य भित्र सात वटा नगरहरु थिए । उत्तरक, ककरपत्त, हल्लीदावसन, संयोगा, रामग्राम, सज्जनेल एवं कुन्डीय नामका यी नगरहरु कहां थिए भन्ने विषय अहिले अध्ययन अनुसन्धानको विषय बनेका छन । प्राचिन कोलिय गणराज्यमा मुख्य नगर वा राजधानीको रुपमा प्राचिन कोलिय गणराज्यको राजधानी देवदह थियो । प्राचिन देवदहको खोजीका क्रममा नवलपरासीको पंडितपुर रहेको अहिले सम्मको पुरातात्वीक अध्ययनले देखाएको छ । प्राचिन कोलिय राज्यको राजधानी प्राचिन देवदह पंडीतपुरमा रहेको पत्ता लागे पछि कोलिय गणराज्यका अन्य नगरहर काहाँ थिए भन्ने विषय अहिले खोजीको क्रममा नै रहेका छन ।
आधिकारीका रुपमा सरकारले विभिन्न स्थानमा कोलिय राज्यका अन्य नगरहरुको खोजी गरी रहेको भए पनि अहिले सम्म कुन नगर काहां थियो भन्ने ठयाक्कै भन्न सक्ने अवश्था भने छैन । तर यति होकि देवदहको वरीपरी क्षेत्र जो पश्चिममा रोहिणी नदी (हालको भलुही खोला) र पुर्वमा नारायणी नदीको विच भागमा नै प्राचिन कोलिय गणराज्यका अन्य नगरहरु पनि हुनु पर्ने फाययानको यात्रा विवरणमा लेखिएको छ । पश्चिममा रोहिणी नदी (हालको भलुही खोला) र पुर्वमा नारायणी नदीको विच भाग अहिलेको पश्चिम नवलपरासी र रुपन्देहीको जिल्लाको पुर्वी भागमा पर्दछ । यसै विच पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको वार्ड नम्बर २ स्थित जावामा प्राचिन कोलिय गणराज्यको ककरपत्त नगर हुन सक्ने केही आधारभुत प्रमाणहरु फेल परेका छन । त्यहांको स्थानिय सरकारले एक महिना पहिले एक पत्रकार सम्मेलन गरी जावा क्षेत्रलाई प्राचिन ककरपत्तनगर रहेको घोषणा गरे पछि । जावा क्षेत्र प्राचिन कोलिय राज्यको ककरपत्तनगर होकि होईन भन्न छलफल सहित अध्ययनको विषय उठेको छ । प्राचिन कोलिय गणराज्य भित्रका सात वटा नगरहरु मध्य एक नगरको रुपमा रहेको प्राचिन ककरपत्तनगर पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको जावामा रहेको सम्भावनामा पुरातत्व अध्ययनका लागि स्थानिय सरकारले बजट विनियोजत समेत गरी पुरातत्व विभागलाई उत्खनन गरि सत्यत्थ्य पत्ता लगाउन अनुरोध गरेको बुझिएको छ ।
बुद्ध कालिन कोलिय गणराज्यको राजधानी सदरमुकाम परासी देखी पश्चिम तर्फको बर्तमान पण्डीतपुरमा उत्खनन गर्दा प्राचिन प्रमाणहरु भेटिए पछि प्राचिन कोलिय गणराज्य भित्रको एक नगर ककरपत्तनगर त्यो देखी पुर्व करिब ५ किलोमिटरको दुरीमा हुन सक्ने सम्भावना रहेको अवश्थामा सरावलको जावामा प्राचिन बुद्ध कालिन कोलबृक्षको सानो बगैचा भेटिनु, जावा क्षेत्रमा खनदा प्राचिन कालका ईटा, भाडाहरु, केही मुर्ती भेटिए पछि जावा क्षेत्र प्राचिन ककरपत्तनगर हुन सक्ने सम्भावनामा बडेको छ । सरावल गाउँपालिकाले सो क्षेत्रलाई प्राचिन ककरपत्त नगर घोषणा नै गरेको छ । गाउँपालिकाले एक महिना पहिला पत्रकार सम्मेलन गरि जावा क्षेत्रलाई प्राचिन ककरपत्तनगर घोषणा गरे पछि सो क्षेत्रमा बुद्ध सम्बन्धित अध्यताहरुको चासो बढेको छ । जावा क्षेत्रको पुरातात्वीक अध्यनका लागि पुरातत्व विभागमा समेत गाउँपालिकाले समन्वयन गरी काम अगी बढाउन आग्रह गरेको भुगर्व विभागका पुरातत्वविद भास्कर ज्ञवालीले बताउनु भएको छ ।
बुद्धको मावलीस्थल कोलिय गणराज्यको नाम यीनै जावामा भेटिएका कोलबृक्षको नामबाट कोलिय गणराज्य बनेको भनाई रहेको छ । अहिले कोल बृक्ष लोपोन्मुख अवश्थामा रहेको छ । यहाँ भेटिएका कोल बृक्षहरु अन्यत्र लगेर सार्दा विरुवा वा कलमी नसरेको पाईएको छ । कोलबृक्ष अहिले लोप हुदै गएपछि केवल सरावल गाउँपालिकाको वार्ड २ मा रहेको जावा क्षेत्रमा मात्र पाईन्छ । यो क्षेत्र प्राचिन कोलिय गणराज्यको साटवटा नगर मध्य ककरपत्त नगर हुन सक्ने बुद्ध संस्कृतिका अध्ययता डाक्टर कौशलेन्द्र श्रीवास्तवले बताउनु भएको छ । प्राचिन कोल बृक्ष रहेको वगैचा देखी करिब ५ सय मिटरको पश्चिम तर्फको दुरीमा करिब ५ विगाहा क्षेत्रफलमा फैलिएको प्राचिन बुद्ध सरोवर रहेको छ । यस बुद्ध सरोबरको वरपर पनि केही कोल बृक्षहरु रहेका छन । प्राचिन ककरपत्त नगरको सम्भावना अध्ययनका लागि पुरातात्वीक अध्ययन गर्नका लागि पुरातात्वीक महत्वका आधारमा यस क्षेत्रको विभिन्न स्थानमा उत्खनन गर्नु पर्ने हुन्छ । यस क्षेत्रको उत्खनन गरि पुरातात्वीक अध्ययन गरी प्राप्त प्रमाणहरु फेला परेको खण्डमा यो जावा क्षेत्र ककरपत्त नगर रहेको प्रमाणित हुने छ ।
प्राचिन वनस्पतिको रुपमा नवलपरासीको जावामा भेटिएका कोल बृक्षलाई गत वर्ष मात्र बन विभागले सुचिकृत गरेको हो । बुद्धकालमा कुष्ठरोग असाध्य रोगको रुपमा थियो र कुष्ट रोगको उपचारमा यो कोल बृक्षका पातहरु प्रयोग गर्ने र सन्चो समेत हुने गरेको बुद्धकालिन अध्ययता डाक्टर कौशलेन्द्र श्रीवास्तवले बताउनु भएको छ । बुद्ध ग्रन्थहरुमा कोलबृक्ष र ककरपत्तनगरको बारेमा धरै पटक उल्लेख गरेको पाईन्छ ।
प्राचिन समयमा कुष्ठ रोग लागे पछि यसको उपचार थिएन । यसलाई सरुवा रोगको रुपमा पनि लिईन्थ्यो । कुष्ठ रोग लागेका मानिसहरुलाई नगर (शहर वा गाउँ बस्ती) बाट निर्वासित गरिने प्रचलन थियो । यसरी बनारस क्षेत्रबाट निर्वासित भएका मानिसहरुलाई यसै क्षेत्रको कोलबृक्षको जंगलमा ल्याएर छाडिने गरीन्थ्यो । यसै क्रममा राम नामका राजा पनि कुष्ठ रोग लागेका कारण सहरबाट निस्कासित भई यसै क्षेत्रको कोलबृक्षको जंगलमा निर्वासित भएका थिए । कोल बृक्षको जंगलमा कोल बृक्षका पातहरुको लेप लगाउने, कोलका फल खाने गर्दै गर्दा पछि उनको कुष्ट रोग निको भयो । उनी निको भए पछि यस क्षेत्रमा भएको कोल बृक्षको जंगल फांडेर बस्ती बसाएका थिए । यसै कारण परासी क्षेत्रको प्राचिन नाम रामग्राम रहेको भनाई रहेको छ । रामले जंगल फांडेर बसाएको बस्ती भएकाले रामग्राम हुन पुगेको भनाई रहेको छ । अहिले पश्चिम नवलपरासीको सदरमुकाम परासी क्षेत्रको नगरपालिकाको नाम त्यही ईतिहासका आधारमा रामग्राम नगरपालिका राखिएको छ ।