डोटीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ५ घाईते


डोटी, २१ मंसिर । डोटी को बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन । राति करिब १ स् ०० बजे भएको हो ।



भिरबाट करिब २सय मिटर तल खसेर दुर्घटना भएका कारण मृतक र घाईतेहरुको बिवरण एकिन बिवरण तयार हुन सकेको छैन । घाईतेको उद्धार र मृतकको शब संकलनको कार्य जारी रहेको छ । अहिलेसम्म ३ जनाको ज्यान गएको र ५ जना घाईतेको उद्दार गरिएको बताइएको छ ।

घाईतेहरुलाई दिपायल पठाउने तयारी भईररहेको घटनास्थलमा उद्धारमा खटिएका बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिनु भएको छ ।



सम्बन्धित
Loading...