अग्यौली खानेपानीको साधारण सभा


कावासोती । कावासोती १६ डण्डाको अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँका डिभिजन प्रमुख किरण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष शोभितप्रसाद शर्माले गरेका थिए ।



अध्यक्ष शर्माले पानी बितरण प्रणालीलाई २४ सै घण्टा आपूर्ति गराउने प्रयत्नमा लागेको बताउँदै गतबर्षसम्म दैनिक १३ घण्टा पानी बितरण हुने गरेकोमा अहिले प्रतिदिन १६ घण्टासम्म उपभोक्ताका धारामा पानी पुगेको बताए ।

https://www.youtube.com/watch?v=EXpO1yi-L-w




अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले पानीको महशुलमा केही परिमार्जन गरेको छ । यसअघि १० युनिटसम्म पानी खपत हुँदा १ सय १० रुपैंया महशुल बुझाउनुपर्नेमा निम्न आय भएका उपभोक्ताहरुले कम पानी उपभोग गर्ने गरेको प्रक्षेपणको आकडा अनुसार ५ युनिटसम्मको ५० रुपैंया र ६ देखी १० युनिटसम्म पानी उपभोग गर्नेहरुका लागी १ सय २० रुपैंया महशुल कायम गर्न प्रस्ताव गरिएको छ ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष गोपाल श्रीपालीले १ करोड ९४ लाख ६ हजार ९ सय रुपैंया बरावरको आय–ब्ययको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपभोक्तालाई गुणस्तरीय र शुद्ध खानेपानी सेवा प्रदान गरेको अग्यौली खानेपानी संस्था अन्तर्गत हजार ८ सय ६ उपभोक्ताले धारा जडान गरेका छन् भने हाल प्रतिदिन १ हजार ४ सय घनमिटर पानी उत्पादन र संकलन गरी बितरण गर्ने गर्दछ ।

https://www.youtube.com/watch?v=KZqxIsYcyZs

संस्थाको सेवाक्षेत्र वडा नं. १४, १५, १६ र १७ मा एकबर्षमा ८ दशमलव ३ किलोमिटर पाईपलाईन बिस्तार गरेको छ भने १४७ थप नयाँ धारा जडान गरेको छ ।

गतबर्ष १९ प्रतिसत खानेपानी चुहावट भएकोमा चुहावट दर घटेर ११ प्रतिसतमा पुगेको जनाईएको छ । संस्थामा मासिक सरदर ४ लाख ८१ हजार ३ सय ४६ रुपैंया महशुलबाट आम्दानी हुने गरेकोमा ३ लाख ५२ हजार २ सय २१ रुपैंया खर्च हुने गरेको देखिएको छ ।

 



सम्बन्धित
Loading...