वडा कार्यालयले बाड्यो जेष्ठ नागरिकलाई न्यानो कपडा




कृशला सापकोटा –

देवचुली (नवलपुर) । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं. ९ ले वडा भित्रका २ सय ९ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।




आइतबार वडाका आधा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो भने बाँकीलाई सोमबार वितरण गर्ने वडा नं. ९ का वडा अध्यक्ष मेखबहादु सारु मगरले बताए ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको वडा भित्र रहेको २ सय ९ जना जेष्ठ नागरिकलाई न्यानो कपा स्वरुप प्रति व्यक्ति एक जोर जुत्ता, टोपी, टाउजर र हाइनेक वितरण गरिएको वडा अध्यक्ष मेखबहादुर सारु मगरले बताए ।

 



सम्बन्धित
Loading...