नवलपुरमा लागुऔषध सहित दुई जना पक्राउ
कावासोती । पूर्वी नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।
नवलपुर प्रहरीले आइतबार दिउँसो डण्डा चोरमारा बीच जंगलमा चेक जाँचको क्रममा दुई जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
ना ४१ प २४७१ नम्बरको मोटरसाइकलमा आएका पूर्वी नवलपरासीको गैडाकोट ७ जयश्री निवासी २४ बर्षीय रमेश विक र चितवनको भरतपुर महानगरपालिका ७ कृष्णनगर निवासी २७ बर्षीय विकास बजगाईलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट फेनारागन ३०, डाइजेपाम ३०, नुफिन ३० एमपुलल र नाइट्राभेट १० लेखिएको लागुऔषध १५ ट्याप्लेट बरामन गरेको जनाएको छ ।