शिक्षकलाइ भित्रै थुनेर विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी
२१ मंसिर । बाजुरा जिल्लाको वडिमालिका नगरपालिका वडा नं ७ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा विद्यार्थीले अाज विहान तालाबन्दी गरेका छन् ।
वडा नं ७ मा रहेको माध्यामिक विद्यालयमा नियमित पढाई नभएको भन्दै विद्यार्थीले आइतबार बिहान तालाबन्दी गरेको विद्यार्थी उपेन्द्र पण्डितले बताए ।
विद्यालयमा नियमित रुपमा अनियमितता गरेको र समयमा पुस्तक उपलब्ध नगरेको भन्दै तालाबन्दी गरिएको विद्यार्थी पण्डितले बताए । विद्यार्थीहरूले अाफना माग राख्दै कसैलाई जानकारि नगरेर एकाएक तालाबन्दी गरेका छन ।
विद्यालयको भवन भित्रै ८ शिक्षक र २ शिक्षीका गरी १० जना शिक्षकहरु विद्यालय भवनभित्रै थुनिएको प्रधानध्यापक लालचन्द्र जैशीले बताए ।
सरकारी विद्यालयमा यसरी जानकारी बिना नै ताला लगाएर विद्यालय भवन भित्र नै थुन्नु आफुहरुको मानहानी भएको महसुस भएको प्रधानाध्यापक जैशीले बताए । शिक्षक भित्रै थुनेर विद्यार्थीहरुले तालाबन्दी गरेपछि घटनाको वस्तु स्थिती बुझ्न वडिमालिका नगरपालिकाको टोली लक्ष्मी माध्यामिक विद्यालयमा पुगेको छ ।