विना दर्ता चल्दै कावासोतीका मेडिकलहरु


कावासोती नगरपालिका भित्र ५० को हाराहारीमा निजी मेडिकल तथा अस्पतालहरु रहे पनि अधिकांश निजी मेडिकल तथा अस्पतालहरुले नगरपालिकासँग कुनै पनि अनुमति लिएका छैनन् ।




देश संघियतामा गएपछि स्थानीय तहमा त्यो स्थानीय तह भित्र रहेको कुनै पनि संघसंस्था, फर्म, व्यवसाय आदि दर्ता गर्नु पर्ने प्रावधान भए पनि मेडिकलहरु दर्ता नभएको कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए ।

नागिलाका अनुसार नगरपालिकाले करका दायरामा ल्याउन कावासोती नगरपालिका भित्र सञ्चालित निजी, सामुदायिक अस्पताल तथा क्लिनिकहरुलाई नगरपालिकामा दर्ता हुन आव्हान गरेको भए पनि कावासोती नगरपालिका भित्रका ८ वटा मेडिकल, अस्पताल तथा क्लिनिकहरुले मात्र निवेदन दिएको छ ।




कावासोती नगरपालिकामा कालीगण्डकी सामुदायिक अस्पताल, नवलपुर अस्पताल, शंकल मेडिकल एण्ड पोलिक्लिनिक, जीवन सिटी मेडिकल, सञ्चो मेडिकल, ओम मेडिकल, आले स्वास्थ्य क्लिनिक र सापकोटा क्लिनिकले मात्र निवेदन दिएको नागिलाले बताए ।

नागिलाले भने सबैको निवेदन प्राप्त भएपछि अनुगमन गरेर दर्ता प्रक्रिया अगाडि बढाउने नगरपालिकाले तयारी गरेको भए पनि अन्यले भने दर्ताको लागि निवेदन समेत नदिएको बताए ।

नागिलाले पुस महिना भित्र कावासोती नगरपालिका भित्र सञ्चालित अस्पताल, क्लिनिक र मेडिकलहरुको अनुगमन गरी कारवाही थालिने बताए ।

कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनियाले विना दर्ता सञ्चालनमा रहेको भेटिए तुरुन्त कारवाही गरिने बताए ।




सम्बन्धित
Loading...