पत्रकार बानियाँ तीर्थराज भुसाल स्मृति पुरस्कारबाट सम्मानित




कावासोती । पत्रकार राजेन्द्र बाँनिया तीर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको छ ।

बाँनिया नवलपरासीका पत्रकार स्वर्गीय तीर्थराज भुसालको स्मृतिमा प्रदान गरिँदै १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशीको तीर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको हो ।




ट्रष्टले कावासोतीमा आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरीबहादुर चुमानले पत्रकार बानियाँलाई उक्त पुरस्कारले सम्मान गर्नु भएको छ ।

पुरस्कार ग्रहणपछि पत्रकार बानियाले आफूले पाएको नगद पुरस्कार भने ट्रष्टमा नै रहने गरी नवलपुर एफएमकी प्रबन्ध निर्देशक स्वर्गीय भुसालपत्नी मुना दाहाललाई हस्तान्तरण गर्नु भएको थियो ।

स्वर्गीय पत्रकार भुसालको तीन वर्षअघि नवलपुरको दाउन्नेमा भएको दुर्घटनामा निधन भएको थियो । भुसालको निधनपछि स्थापना भएको स्वर्गीय तीर्थराज भुसाल स्मृति ट्रष्टले हरेक वर्ष राष्ट्रिय स्तरका एक उत्कृष्ट पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि पत्रकार यज्ञस र नवलपरासीका पत्रकार प्रेमचन्द्र रौनियार स्वर्गीय तीर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ ।



सम्बन्धित
Loading...