उखु किसानले मंसिर २८ देखि माइतीघरमा निर्णायक आन्दोलन गर्ने




चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेका छन् ।

उनीहरुले मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।




सरकारले किसानसँग गरेको पटक पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको मिश्रले गुनसो गरे ।

सरकारले किसानसँग पटक पटक सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलन गर्न बाध्य हुनु परेको किसानहरुले बताए ।

माइतीघरबाट निकास ननिस्किए चरणबद्ध रुपमा सिंहदरबार र बालुवाटार घेर्नेसम्मको आन्दोलनका लागि किसानहरु तयार भएको संरक्षक मिश्रले बताए ।



सम्बन्धित
Loading...