पश्चिम नवलपरासीमा थप चार नयाँ संक्रमण थपिए, १६६ संक्रिय संक्रमित


मंसिर २४ । पश्चिम नवलपरासीमा बुधबार थप चार जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको रामग्राम नगरपालिकामा २ जना, सुनवल र बर्दघाट नगरपालकामा एक–एक जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको ल्यावमा गरिएको पिसिआर परिक्षणका क्रममा रामग्राम नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय र ५० वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै सुनवल नगरपालिका वडा नम्बर २ का ४९ वर्षीय महिला र बर्दघाट नगरपालिका वडा नम्बर ९ का ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

बुधबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या एक हजार ३ सय ३६ पुगेको छ । अब पश्चिम नवलपरासीमा एक सय ६६ जना संक्रिय संक्रमित आईसोलेशमा रहेका छन् । जिल्लाबाट पठाएको मध्ये अझै १३ जनाको स्वाव परिक्षणको रिपार्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पश्चिम नवलपरासीमा अहिलेसम्म २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।




जिल्लामा कोरोना संक्रमित बढ्दै गएका छन् । पछिल्लो समय परिक्षणको दर कमभएपनि संक्रमित भेटिने र मृत्यु हुने क्रम रोकिएको छैन् । जाडो बढ्दै जादा जिल्लाका सबै स्थानका विद्यालय पनि संञ्चालनमा आएका छन् । क्रमश कोरोना संक्रमणबाट बच्ने उपाय अबलम्बन गर्ने क्रम कम हुन थालेको छ ।



सम्बन्धित
Loading...