२५ वर्षीया मजदुर महिला माथि कावासोतीमा सामुहिक बलात्कार


कावासाेती । नवलपुरको कावासोती–३ अठ्ठाइस विगाहमा २५ वर्षीया महिला माथि सामुहिक बलात्कार भएको छ ।



घर निर्माणमा मजदुरको काम गर्ने ति महिला माथि मंसिर २३ गते मजदुरी काम गर्ने घरका घरवेटी र संगै काम गर्ने दुई जना अन्य मजदुरले सामुहिक बलात्कार गरेका हुन् ।

पीडित महिलाले आफुमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुर बुधबारमा उजुरी दिएकी छन् । पीडित महिलालाई जिल्लाको कावासोती–३ अठ्ठाइस विगाहमा बलात्कार भएको सुचनाको आधारमा घटना स्थल पुगेको प्रहरीले घटना स्थलबाट बारा जिल्ला पचरौता नगरपालिका–९ कुडवाका १९ वर्षीय सन्दिप कुमार यादव र १९ वर्षीय शरद प्रसाद यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहले जानकारी दिए।




घटनामा संलग्न घरवेटी स्याङ्गजा जिल्ला चापाकोट नगरपालिका–९ साखरका घर भई हाल कावासोती बस्ने भगवत भट्टराई फरार रहेका छन् । उनको खोजि कार्य भइरहेको प्रहरीले जानएको छ ।

भट्टराईको घर निर्माणको दोस्रो तला ढलानको काम सकेपछि सोही काममा मजदुरी गर्ने पीडित महिलामाथि तिन जनाले मदिरा सेवनगरी बलात्कार गरेका थिए ।

घटनाबारे निर्माण ठेक्केदार मार्फत जानकारी पाएको प्रहरी घटना स्थल पुग्दा आरोपित र पीडित घटना स्थलमा नै थिए ।

प्रहरीले घटना स्थलबाट पीडित महिलाको उद्धार तथा घटनामा संलग्न दुई जनालाई गिरफ्तार गरेको थियो ।

पक्राउ परेकाहरुलाई अहिले हिरासतमा राखेर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...