काँग्रेसले नवलपुरमा सरकार विरोधी प्रदर्शन गर्ने




नवलपुर। बर्तमान सरकारको सर्बसत्ताबादको बिरुद्ध नेपाली कांग्रेस नवलपुरले मंसीर २९ गते कावासोतीमा बिरोध प्रर्दशन गर्ने भएको छ ।

नेपाली काग्रेस नवलपुरले आज कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला सभापति एबं प्रदेश सांसद बिष्णु लामिछानेले क्रम्युनिष्ट सर्बसत्ताबादका बिरुद्ध काग्रेसले अब निरन्तर शसक्त र निर्णायक आनदोलन गर्ने बताए ।




पत्रकार सम्मेलनमा सभापति एबं सांसद लामिछानेले भ्रष्टाचार ,कुशासन, चरम ज्यादतीका कारण बर्तमान सरकार नेपाली जनता बीच बदनाम भएकाले यो सरकारलाई खबरदारी गर्न पनि बिशाल प्रर्दशन गर्न लागिएको बताए ।

पत्रकार सम्मेलनमा सभापति लामिछानेले नेपाली काग्रेसले जनताका नाममा प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्न म्याण्डेट पाएको बताउँदै सरकार निरकंश र तानाशाहा बन्दै गएकाले यो अबस्थामा सरकारको रबैयाका बिरुद्ध काग्रेसले खबरदारी गर्ने बताए ।

कार्यक्रममा सभापति लामिछानेले मालपोत र नापी कार्यालय जस्ता जनतासंग प्रत्यक्ष सरोकार राख्ने निकायमा जनताका काम ढिलासुस्ती हुने गरेकाले तत्काल यसको समाधान खोज्न पनि सम्बन्धीत निकायको ध्यानाकर्षण गराईएको बताए ।

कम्युनिष्टको सर्बसत्ताबादको बिरुद्ध, भष्टाचार, कुशासन र ज्यादतीका बिरुद्ध काग्रेस नवलपुरले मंसीर २९ गते कावासोतीमा बिरोध प्रर्दशन गर्ने निर्णय भएको पार्टीका जिल्ला प्रचार संयोजक एबं पार्टी प्रबक्ता होमराज रानाभाटले बताए ।

काग्रसले पार्टीको क्रियाशील सदस्यता नबीकरण यहि मंसीर मसान्त भित्र पार्टी जिल्ला कार्यालयमा बुझाउन र नयाँ सदस्यता सबै वडामा वडा सभापति मार्फत चाँडै बितरण गरिने पनि निर्णय भएको प्रदेश सांसद एवं जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा जिल्ला सचिब बालकृष्ण घिमिरले संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा सम्वर्धन र विकासका लागि वर्तमान कम्युनिष्ट सरकारलाई खवरदारी गर्न निरकुशं प्रवृतिका बिरुद्ध जनतालाई सु सुचित गर्न काग्रेसले विरोध प्रर्दशन गर्न लागिएको बताए ।

बैठकले मंसीर २९ गतेको बिरोध कार्यक्रममा सहभागी हुन पार्टीका जिल्ला भरिका कार्यकर्ताहरुलाई काग्रेस नवलपुरले उर्दी जारी गरेको छ ।



सम्बन्धित
Loading...