नवलपुरमा डेढ दर्जन बढी बालुवा प्रसोधन केन्द्र शिल
नवलपुर, २६ मंसिर ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका भित्र विना दर्ता सञ्चालनमा रहेका डेढ दर्जन बढी बालुवा प्रशोधन केन्द्र शिल भएको छ ।
विहीबार रातिसम्म अनुगमनमा रहेको टोलीले विनयी त्रिवेणीका १७ वटा बालुवा प्रसोधन केन्द्र भनेर सञ्चालनमा ल्याइएको क्रसर उद्योगहरुमा शिल गरेको हो ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले विनयी त्रिवेणी गाउँपालिकामा १७ वटा बालुवा प्रसोधन केन्द्र शिल गरिएको बताइन् । उनले भने – कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेका तर साना तथा घरेलु उद्योगमा दर्ता नगरेको र पालिकामा पनि दर्ता नगरेको पाइएको शिल गरिएको हो ।
यस अघि नवलपुरमा २ वटा बालुवा प्रसोधन केन्द्र शिल भएको थियो ।
https://www.youtube.com/watch?v=3JYnHYOA7IE&t=2s
