देवचुलीको मेघापार्कमा कौडा खोल्ने ५ जना झण्डै ४ लाख नगद सहित पक्राउ
कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको मेघा पार्कमा कौडा खेलिरहेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा देवचुली नगरपालिका १ का ३९ बर्षीय सुभासचन्द्र ओझा, चितवनको भरतपुर महानगरपालिका ११ निवासी ४० बर्षीय किरण श्रेष्ठ, भरतपुर महानगरपालिका २ निवासी ३० बर्षीय सन्दिप गुरुङ, भरतपुर महानगरपालिका ११ निवासी ४० बर्षीय दुर्गामान गुरुङ, लम्जुङको सुन्दरबजार नगरपालिका ४ निवासी ३९ बर्षीय दिनेश जोशी रहेका छन् ।
कौडा खेलीरहेको अवस्थामा प्रहरीले उनीहरुको साथबाट नेपाली रुपैयाँ ३ लाख ८५ हजार २ सय २५ रुपैयाँ र भारतीय रुपैयाँ १ सय ८० रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधुसुधन सिंहले बताए ।
प्रहरीले उनीहरुलाई शुक्रबार राति नियन्त्रणमा लिएको हो ।