ह्याचरी र दाना उत्पादकहरुलाई सरकारले निगमन गर्नु पर्ने


नवलपरासी। हयाचरी र दाना उत्पादकहरुको निगमन सरकारले गर्नु पर्ने कुखुरा पालक किसानहरुले माँग गरेका छन ।
देश भरिका कुखुरा पालक किसानहरुको पश्चिम नवलपरासीको सुनवलमा भएको एक भेलामा बोल्ने क्रममा कुखुरा पालक किसानहरुले कुखुरा पालक किसानहरु दाना उत्पादक र हयाचरी संचालकको सिन्डीकेटले मारमा परको बताएका छन ।



पश्चिम नवलपरासीको सुनवलमा विहिवार देश भरिका कुखुरा पालक किसानहरुको भेलामा कुखुरा पालक किसानहरुले सो कुरा बताएका हुन । कुखुरा पालक किसान विवि खरालको अध्यक्षतामा भएको किसानहरुको एक भेलामा बोल्ने क्रममा नेपाल कुखुरा पालक किसान संघका अध्यक्ष झनक पौडेलले कुखुरा पालक किसानहरु हयाचरी संचालक, दाना उत्पादक, औषधी ब्यावसायी एवं विचौलीयाको सिन्डीकेटका कारण ठुलो घेराबन्दीमा रहेको बताउनु भएको छ ।

संघका अध्यक्ष पौडेलका अनुसार हयाचरी संचालक, दाना उत्पादक एवं औषधी ब्यावसायीहरुको निगमन सरकारले नगर्दा कुखुरा पालक किसानहरु ठुलो समस्यामा परेको बताउनु भएको छ । श्रम र पैसाको ठुलो लगानी गरी कुखुरा पाले पनि दाना उत्पादक, हयाचरी संचालक एवं औषधी ब्यावसायीको निगमन एवं नियन्त्रणको सरकाले नगर्दा कुखुरा पालक किसानहरुले आफनो श्रमको उचित मुल्य पाउन सकेका छैनन भने उपभोक्ताहरुले सस्तो र स्वश्थ मासु पाउन नसकेको बताईएको छ ।
कुखुराको मासुमा देश आत्मनिर्भर भएको भनि गरिएको धोषणा पनि गलत भएको भन्दै भेलामा बोल्ने क्रममा बक्ताहरुले भारतीय खुला सिमानाका कारण अनियन्त्रीत रुपमा भारतीय कुखुरा आउने र नेपाली कुखुरा पालक किसानहरु भने आफनो कुखुराको उचित मुल्य पाउन नसकेको बताएका छन । हयाचरीले कुखुरा अत्यन्तै परिपक्क नभएका चल्लाहरु बजारमा पठाउने गरेका कारण कुखुरा पालक किसानहरु मर्कामा परेको बताईएको छ ।




सुनवलको भुमहीमा भएको किसानहरुको राष्ट्रिय भेलाले बीबी खरेलको नेतृत्वमा २१ सदस्यीय राष्ट्रिय कुखुरा पालक किसान संगठन नेपालको गठन गरेको छ । जसमा उपाध्यक्षमा सम्भु यादव, सानुमाया मगर, सोमती गुरुङ, रहनु भएको छ भने महासचिवमा प्रकाश न्यौपाने, सचिवमा दुर्गा प्रसाद अर्याल एवं कोषध्यक्षमा सुवास प्रजापति रहनु भएको छ । उक्त भेलामा नेकपाका केन्द्रीय सदस्य बामदेव क्षेत्री, जिल्ला अध्यक्ष भविश्वर तिवारीलगाएतले बोल्नु भएको थियो ।



सम्बन्धित
Loading...