थप १५ संक्रमितको मृत्यु, मृतकको संख्या १६८९ पुग्यो
काठमाडौं – नेपालमा एकैदिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ११ जना संक्रमितको मृत्यु भएको थियो।
एकै दिन ८ सय ९९ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ। कुल संक्रमितमध्ये ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ५ हजार २ सय ४२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख २५ हजार ८ सय ६० पुगेको छ। हाल ५ सय १९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
२४ घण्टायता नेपालमा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा ८९९ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हालसम्म १८ लाख २५ हजार ८६० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५१९ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ११ हजार ६७३ जना सक्रिय संक्रमित छन्।