ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते
बझाङमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
तल्कोट गाउँपालिका ३ को किरकिट्या भन्ने स्थानमा आज दिउँसो २ बजे बा ३ क ६०० नम्बरको नागार्जुन कष्ट्रक्सनको ट्रिपर दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएका मजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ भने चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी सामान्य भएका छन् ।
घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । ट्रिपर करिब सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=ycA-fL19GcA