मौसम पूर्वानुमान : चारवटा प्रदेशमा मौसम बदली हुने


काठमाडौं, मंसिर २८
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।



पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं १ र बाग्मती प्रदेशको ३ का केहि भूभागमा आंशिक बदली भइहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान




आइतबार

दिउँसो : प्रदेश नं १, ३, तथा सुदूरपश्चिम प्रदेशका केहि भूभागमा आंशिक बदली रहने छ।

राति: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

सोमबार

दिउँसो: देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार

दिउँसो: देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

साथै महाशाखाले तराईका अधिकांश  भुभागहरुमा  बिहानीपख  वायुको  पारदर्शितामा  कमी  हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।



सम्बन्धित
Loading...