नवलपुरमा यस बर्ष महको उत्पादन घट्ने


प्रतिकुल मौसमका कारण यस वर्ष नवलपुरमा महको उत्पादन घट्ने अनुमान गरिएको छ । केही दिन यता घाम नलाग्दा र अत्याधिक बढेको चिसोका कारण महको उत्पादन घट्न सक्ने कृषी ज्ञान केन्द्र सम्र्पक इकाइ कावासोतीको प्रक्षेपण छ ।



https://www.youtube.com/watch?v=bD5m_Jzz41Q

मह उत्पादन गर्ने मुख्य समयमा नै चिसो बढ्दा मौरी चरनमा जान नसक्दा उत्पादनमा कमी आउने अनुमान गरिएको बाली संरक्षण अधिकृत मीरा चौधरीले बताइन् ।




नवलपुरमा वार्षीक १५ टन मह उत्पादन हुदै आएको छ । जिल्लाको माग अनुसारको उत्पादन अझै जिल्लाबाट पुरा हुन नसकेको कारण अन्य जिल्लाबाट महको आपूर्ति गर्नुपर्ने अवस्था रहेको उनले बताइन् ।

नवलपुरमा करिव एक सय ५० मौरीपालक कृषकहरु छन् । जिल्लाको देबचुली नगरपालिका, गैडाकोट नगरपालिका, कावासोति नगरपालिका, मध्यबिन्दु नगरपालिका सहितको स्थानममा मौरी पालक कृषकहरु रहेका छन् ।

https://www.youtube.com/watch?v=sSnmC8lqPR4&t=24s



सम्बन्धित
Loading...