कुमारवर्तीका विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान




नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका २ कोल्हुवास्थित कुमारवर्ती माविका विपन्न २५ बालबालिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

उक्त माविका प्राथमिक तहका बोेटे, माझी, मुसहर, थारु, दलित,समुदायका बेसहारा २५ बालबालिकाहरुलाई ५० हजारको छात्रविृत्ति वितरण गरिएको शिक्षक नारायण अर्यालले जानकारी दिनुभयो ।




कुमारवर्ती टोरिस फाउण्डेशन कोल्हुवाका प्रबन्धक सुशन ज्ञवाली र ब्वस्थापक शान्ता भुसालले आज एक कार्यक्रमकाबीच बालबालिकाहरुलाई छात्रवृत्तिको रकम वितरण गर्नु भएको हो ।

उक्त पफाउण्डेशनले विगत ३ वर्षदेखि विद्यालयका बालबालिकाहरुलाई दिवा खाजा खुवाउने कार्यक्रम गर्दै आएको छ ।

https://www.youtube.com/watch?v=bD5m_Jzz41Q



सम्बन्धित
Loading...