कोरियाबासी नेपालीबाट न्यानो वितरण – भिडियो सहित
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं १, २, ३ र कावासोती १७ मा विपन्न वर्गका व्यक्तिहरुलाई न्यानो वितरण गरिएको छ ।
करिब ४५ घर विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको थियो ।
रोजगारीको शिलशिलामा कोरियामा रहँदै आएका नेपालीहरुले अभियन्ता नेत्र पौडेलको नेतृत्वमा विपन्न परिवारलाई न्यानो कपडा स्वरुप फाइबर सिरक वितरण गरिएको हो ।
कोरियामा रहँदै आएका नेपालीहरुले एक एक हजार रुपैयाँ उठाएर विगत ६ वर्षदेखि विपन्न परिवारलाई विभिन्न किसिमका सहयोग गर्दै आएका छन् ।
https://www.youtube.com/watch?v=bD5m_Jzz41Q
