अवैध गर्भपतन गराउँदै कावासोतीका निजी मेडिकलहरु


कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका भित्र रहेको निजी मेडिकलहरुले अवैध रुपमा गर्भपतन गराउने गरेको पाइएको छ ।



गतिपयले औषधी विक्रीको मात्र अनुमति लिएर स्वास्थ्य चेकअप गर्नेदेखि अवैध गर्भपतन गराउने सम्म गरेको पाइएको छ ।

अविवाहित युवतीहरु गर्भ पतन गराउन ति युवतीहरु यस्ता मेडिकल तथा क्लिनिकहरुमा जाने र तालिम प्राप्त स्वास्थ्यकर्मी विना नै औषधि दिएर गर्भपतन गराउने गरेको पाइएको छ ।




ति युवतीहरु त्यसरी गर्भवतन गराउँदा स्वास्थ्यमा थप समस्या भएपछि मात्र सरकारी स्वास्थ्य चौकी, अस्पतालमा आउने गरेका छन् ।

कावासोतीमा रहेको स्वास्थ्य चौकीका एक जना स्वास्थ्यकर्मीले आफूले कावासोती ३ को मनकामना हेल्थ क्लिनक, अनु हेल्थ कियर, कावासोती ५ को विर प्लस क्लिनिक लगायतका मेडिकलहरुमा अवैध गर्भवतन गराएर स्वास्थ्यमा समस्या भएपछि मात्र आफूहरुकोमा थप उपचारका लागि आएको पाएको बताए ।

स्वास्थ्य चौकी नजिक रहेको मेडिकलहरुले बढी मात्रामा यस्तो गरेको पाइएको छ ।

कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले आफूले पनि यस विषयमा जानकारी पाएको र अुनगमनको तयारीमा रहेको बताए ।

उनले भने अनुगमनको क्रममा कही कतै त्यस्तो गरेको पाइए त्यस्ता मेडिकल सञ्चालकहरुलाई कारवाही गर्ने चेतावनी दिए ।

कावासोती नगरपालिका भित्र रहेको अस्पताल तथा मेडिकलहरु मध्ये सरकारी अस्पताल तथा स्वास्थ्य चौकी र कालीगण्डकी सामुदायिक अस्पताल बाहेक अन्य कुनै पनि मेडिकल तथा अस्पतालमा गर्भपतन गराउन तालिम प्राप्त स्वास्थ्यकर्मी भएको र अनुमति लिएको जानकारी नभएको कावासोतीका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए ।

https://www.youtube.com/watch?v=Djeu9G10_lA



सम्बन्धित
Loading...