उखु किसानको पैसा भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय

168







काठमाडौं-सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

आज गृह मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरको हो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा संघिय मामला, कृषि र उद्योग मन्त्री पनि सहभागी भएका थिए ।

गत वर्षको पुस १८ गते सरकार र उखु किसानबीच भएको ५ बुँदे सहमति कार्यन्वयन नभएपछि सर्लाहीका उखु किसानले आइतबारबाट माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् ।

सहमति कार्यन्वयन नभएपछि उनीहरु पुनः काठमाडौं आएका हुन् । किसानहरुका अनुसार चिनी उद्योगले झण्डै ९० करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

You might also like
Loading...