नवलपुरकाे जंगलमा नवजात शिशुको शव फेला


खगेन्द्र पराजुली,
१ पौष, नवलपुर–
पूर्वी नवलपरासीकाे मध्यबिन्दु ७ स्थित वनमा नवजात शिशुको शव भेटिएको छ ।



पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको विजय सामुदायिक वन क्षेत्रमा प्लाष्टिकको झोलामा पोको पारेर फालेको अवस्थामा नवजात शिशुको शव रहेको सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपुरबाट प्रहरी टोली अहिले घटनास्थल पुगेको छ ।

स्थानीयका अनुसार राजमार्गदेखि उत्तरतर्फको वनमा पहेंलो प्लाष्टिकको झोलामा महिलाले लगाउने रातो सुरुवालमा बेरेर फालिएको अवस्थामा शिशुको शव भेटिएको हो ।




सामुदायिक वनले खटाएका वन हेरालु कर्मचारीले देखेपछि वन समूहमार्फत प्रहरीमा खवर भएको हो ।

स्थानीय मधुबिलास अधिकारीका अनुसार १–२ दिन अगाडि मात्रै जन्मिएको जस्तो देखिने छोरा जातको शिशुको शव भेटिएको हो ।

अहिले प्रहरी घटनास्थलको प्रारम्भिक अनुसन्धानमा जुटिरहेको छ ।

गत कार्तिक ४ गते नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ४ को चुवा खोल्सा नजिक नाभी समेत नकाटिएको अवस्थाको साल–नाल सहितको नवजात शिशुको शव प्रहरीले फेला पारेको थियो ।

नवलपुरमा बच्चा जन्माई जंगलमा फालेको आरोपमा दुई जनालाई नवलपुर प्रहरीले पक्रन सफल भएको थियो ।



सम्बन्धित
Loading...