शिवमन्दिर खानेपानीमा नेकपा र जनमुक्तिको प्यानल बिजयी




कावासोती  । पूर्वी नवलपरासीको शिवमन्दिर खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था कावासोती १ को पाँचौँ अबिधेशनबाट जनमुक्ति र नेकपाको सँयुक्त प्यानल बिजयी भएको छ ।

बुधबार सम्पन्न निर्वाचनबाट राजकुमार घिमिरेको नेतृत्वको प्यानल बिजयी भएको शिव प्रसाद भट्टराइ सँयोजकत्वको निर्वाचन समितिले घोषणा गरेको थियो । निर्वाचनबाट उपाध्यक्षमा बल बहादुर गाहा मगर ,सचिवमा लक्ष्मण श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ , निर्वाचित भएका छन् ।




त्यसैगरी दलित सदस्यमा गीता बि.क. र होम बहादुर बि.क., महिला सदस्यमा चन्द्रावती अधिकारी र टीकादेबी बि.क.निर्वाचित भएका छन् । खुला सदस्यहरुमा अक्कलसिँह रुम्बा, भवानी शँकर अधिकारी , र दुर्गा बहादुर राना बिजयी भएका छन् भने , लेखा समिति सँयोजकमा तिलाराम भुषाल, सदस्यमा परमाजित सारु र महम्मद हुसेन मिया निर्वाचित भएका छन् । एक हजार चालीस कुल मत मध्ये ८९७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनका लागि नेपाली काँग्रेसको प्रजातान्त्रिक प्यानल , नेकपा जनमुक्तिको प्रगतिशील प्यानल र जनता समाजवादीको समाजवादी प्यानल दर्ता भएका थिए । सँस्थाले साबिक शिवमन्दिर गा.बि.स.को वडा नम्बर ४ र ८ का बासिन्दाहरुलाई खानेपानीको सुबिधा प्रदान गर्दै आएको छ ।



सम्बन्धित
Loading...