गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता शुरु, कास्कीले स्याङ्गजामाथि ७ विकेटको जित निकाले
गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले विजयी शुरुवात गरेको छ ।
कास्कीले स्याङ्गजामाथि ७ विकेटको जित निकालेको हो । टस जितेर पहिले व्याटिङ रोजेको स्याङ्गजाले ३८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय १९ रन जोडेको थियो ।
स्याङ्गजाको तर्फबाट विष्णु पाण्डेले ४१ तथा सौजन्य रेग्मीले २६ रन जोडे । कास्कीका बलरहरु विश्व कार्की र सुवास भण्डारीले समान तीन तीन विकेट लिए भने कृष्ण पौडेल, अमृत गुरुङ्ग, र विपिन खत्रिले एक एक विकेट लिए ।
जितका लागि १ सय २० रनको लक्ष्य पछ्याएको कास्कीले २८.४ ओभरमा ३ विकेटको क्षतिमा विजयी लक्ष्य पार ग¥यो । कास्कीको तर्फबाट अभिषेक थापाले अभिजित ४३ तथा सुदिप पौडेलले अभिजित २१ रन बनाए भने अर्जुन कुमालले २२ रन जोडेका थिए ।
खेलमा कास्कीका विश्व कार्की प्लेयर अफ द म्याच भए । जितसंगै कास्कीले लिग टेवलमा २ अंक जोडेको छ ।
राउण्ड रोविन लिगमा हुने प्रतियोगितामा शनिबार तनहुँ र नवलपुरबीच प्रतिस्पर्धा हुनेछ ।