नवलपुरमा २ हजार ४ सय २६ जना संक्रमित
पूर्वी नवलपरासी जिल्लामा कोरोना संक्रमितको कुल संख्या २ हजार ४ सय २६ पुगेको छ । जिल्लामा शुक्रबार थप ५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ हजार ४ सय २६ पुगेको हो ।
तीमध्ये २ हजार २ सय ७८ जना संक्रमणमुक्त भएका छन् । अव जिल्लामा सक्रिय संक्रमित ११८ जना छन् ।
नवलपुरमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या ३० रहेको स्वास्थ्य कार्यालय नवलपरासीपूर्वले जनाएको छ । ज्यान गुमाउनेमा ८ महिला र २२ पुरुष छन् ।
जिल्लाको गैंडाकोटमा २ महिला र ७ पुरुष गरी ९ जनाको मृत्यु भएको छ भने कावासोतीका ३ महिला र ६ पुरुष गरी ९ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
यस्तै, देबचुली नगरपालिकामा १ महिला र ५ पुरुषगरी ६ जनाको मृत्यु भएको छ ।
बिनयी त्रिबेणीमा १ महिला र २ पुरुष गरी ३ जना, मध्यबिन्दुका २ जना पुरुष र हुप्सेकोटकी १ महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरको विवरणमा उल्लेख छ ।
https://www.youtube.com/watch?v=NAvT731Fr_k