पूर्वसभामुख महरालाई नेकपा स्थायी कमिटी सदस्य बनाउने निर्णय




काठमाडौं, पौष ५ –
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउनेनिर्णय गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिर्टी सदस्य बनाउने निर्णय गरेको हो ।

महरामाथि उनी बहालमै रहँदा आफ्नै सचिवालयमा कार्यरत महिलामाथि जबरजस्ती करणी गरेको आरोप लागेको थियो । तर पछि उनलाई अदालतले सफाई दिएको थियो । बैठकले आजै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णयपनि गरेको छ ।




प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ४५ सदस्यीय स्थायी कमिटीका आमन्त्रित चार सदस्यसहित ३१ जनाको उपस्थिति रहेको थियो ।

https://www.youtube.com/watch?v=NAvT731Fr_k



सम्बन्धित
Loading...