ट्र्याक्टर दुर्घटनामा एक महिलाको मृत्यु


गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।



दुर्घटनामा परी जिल्लाको मुसिकोट नगरपालिका–५ की ३१ वर्षीया पार्वती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारनाथ पन्तले जानकारी दिए।

मुसिकोट नगरपालिकाको वामिटक्सारबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु३त ११०० नंको ट्र्याक्टर चिउरी डाँडामा दुर्घटनामा परेको हो।




दुर्घटनामा इस्मा गाउँपालिका–२ का चालक ३२ वर्षीय कृष्ण कुमाल घाइते भएका छन्।

उनको गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

ट्र्याक्टर अनियन्त्रित भई सडकदेखि ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ।(रासस)

https://www.youtube.com/watch?v=7FzGOtL5kVM



सम्बन्धित
Loading...