नवलपुरमा कोपिला नेपालले सम्पन्न गर्यो वाहिर परेकालाई समावेशिकरण परियोजनाको परिचयात्मक कार्यक्रम


-पार्वति पाण्डे ।
नवलपुर । कोपिला नेपाल संस्थाले पुर्वि नवलपरासीका  ०८ गाउँपालिका र नगरपालिकाहरुमा मंसिरदेखि संचालन गरेको बाहिर परेकालाई समावेशिकरण परियोजनाको परिचयात्मक कार्यक्रम प्रत्येक गाउँ र नगरपालिका सम्पन्न गरेको छ । No description available.
बिगत २० बर्षदेखि ग्रामिण समुदायका कठिन परिस्थितिका महिला,बालबालिका र मनोसामाजिक स्वास्थ्यका सवालका काम गर्दै आइरहेको यस संस्थाले पुर्वि नवलपरासीका ०८ गाँउपालिका र नगरपालिकामा बाहिर परेकाहरुका लागि समाबेशिकरण ३८ महिने परियोजना  संचालनमा ल्याएको छ । प्रत्येक पालिकाहरुमा सामुदायिक सहजकर्ताको छनोट गरि उनिहरुलाई तालिम दिई समुदायमा खटाएको छ । त्यसै गरि मंसिर ०१ गतेदेखि ०७ सम्म अपांगताका कारण बाहिर परेकाकालागि समाबेशिकरण परियोजनाको परिचयात्मक र अपांगता भएका परिवारका लागि राहत सामाग्री सहयोग कार्यक्रम गरेको थियो ।No description available. No description available.यस कार्यक्रममा प्रत्येक गाउँपालिका र नगरपालिकाका प्रतिनिधि, अपाङगता भएका ब्यतिmहरु र बिद्यालयका प्रतिनिधि, शिक्षा र स्वास्थ्य शाखा प्रमुख लगायत २५ जनाको उपस्थिति रहेको थियो । भने २०० जना अपाङगता भएका ब्यतिmहरुलाई २५ किलो जिरामसिना चामल, २ किलो दाल,१.५किलो चिनी,१.५ चिउरा, नुहाउनी साबुन ६पिस, लुगा धुनि सावुन,चना,दालमोट,तेल,मास्क पुन प्रयोगमा ल्याउन सकिने खाले ६ पिस गरि ३००० प्रति ब्यतिmलाई खाद्य सामाग्रि बितरण गरेको थियो ।No description available.
त्यसैगरि प्रत्येक गाँउ तथा नगरपालिकादेखि यस परियोजनालाई सफल बनाउन आवश्यक पर्ने साथ र सहयोग पालिकादेखि हुने प्रतिज्ञा पनि गाँउपालिका अध्यक्ष र नगरप्रमुखहरुले गर्नुभएकोथियो ।



No description available.



सम्बन्धित
Loading...