गैँडाकोटको प्रचण्ड–नेपाल समूहको भेला ओली समूहको अवरोध
https://www.youtube.com/watch?v=ac5FZC5CHZQ
नवलपुरको गैँडाकोटमा प्रचण्ड-माधव नेपाल समूहको भेला ओली समूहले विथोलेका छन । नेकपा गैँडाकोट नगर कमिटिले फेम्ली पार्टि प्यालेसमा आयोजना गरेको भेला ओली समूहले विथोलेका हुन ।
नेकपा नवलपुरका सचिव मित्रशरण शर्माले पार्टि केन्द्रीय कमिटि बैठकले गरेका निर्णयहरु रोष्टममा पुगेर सुनाउँदै गर्दा ओली समूहले भेलामा अवरोध सिर्जना गरेको हो ।
कार्यक्रममा ओली समुहले गुटको भेला बन्द गर, नेकपा जिन्दावाद भन्दै चर्का नारावाजी गरेका थिए।
कार्यक्रममा अवरोध सिर्जना हुन थालेपछि कार्यक्रमका प्रमुख अतिथि सभासद कृष्ण पौडेलले छोटो भनाई राखेर कार्यक्रम सकेका थिए ।
पुरा भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=ac5FZC5CHZQ