सडकबाट प्रधानमन्त्री भईदैनः मुख्यमन्त्री गुरुङ


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सडकबाट प्रधानमन्त्री हुन नसक्ने बताए । ओली निकट युवाहरुको प्रदेश स्तरीय भेलाको सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले उक्त कुरा बताएका हुन । सोहि क्रममा बोल्दै उनले संसद पुर्नस्थापना कुनैपनि हालतमा नहुने बताए ।



सोहि क्रममा बोल्दै केन्द्रिय नेता महेश बस्नेतले निर्वाचन कुनैपनि हालतमा हुने बताए । भेलाको सम्बोधन गर्दै उनले निर्वाचन पश्चात नेताहरु जेलको हावा खाने चेतावनी समेत दिए । बस्नेतले सडकमा हात्ती नहिड्दा कुकुरहरु बढि भेक्ने गरेको बताउँदै अब युवाहरुलाई सडकमा आउन आग्रह गरे । भेलामा नेकपा कास्की अध्यक्ष कृष्ण थापा, गण्डकी प्रदेशसभा सदस्य राजिव पहारी, युवा नेता करिण पौडेल, रमेश पौडेल लगायतले सम्बोधन गरेका थिए ।



सम्बन्धित
Loading...