प्रदेशमा हारेका लामा संघीय सरकारका मन्त्री बने

161







प्रदेशसभा निर्वाचनमा हार बेहोरका दावा लामालाई मन्त्री पदको चिठ्ठा परेको छ । सिन्धुपाल्चोक क्षेत्र नं. १ ख बाट पराजित भएका दावा लामा ओली लाईनमा लागेका कारण मन्त्री बन्ने सौभाग्य प्राप्त भएको हो ।

उनी आज प्रधानमंत्री केपी ओलीले गरेको मन्त्री हेरफेर तथा बिस्तारमा युवा तथा खेलकुद मन्त्री भएका छन् ।

२०६४ र २०७० का निर्वाचनमा सांसद भएका लामा पछिल्लो चुनावमा कांग्रेसमा निमा लामासँग पराजित भएका हुन् ।

उनी हिजो मात्रै रामबहादुर थापा बादल ओली लाईनमा लागेपछि बादल लागेतिरै लागेका हुन् ।

You might also like
Loading...