संसद बिघटनको बिरोध गरेका शाह मन्त्री बने


संसद बिघटनको बिरोध गरेका प्रभु शाह मन्त्री भएका छन् ।
शाह आज भएको मन्त्रीपरिषद् बिस्तारका क्रममा शहरी बिकास मन्त्री बनेका हुन् ।
शाहले विघटनको निर्णय आत्मघाती हुने टिप्पणी गरेका थिए ।




पार्टीका दुई समूहका छुट्टाछुट्टै भएका भेलामा प्रचण्ड–माधव नेकपाको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका शाहले  माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्तावप्रति पनि आपत्ति जनाएका थिए।

मन्त्री पद प्राप्त गर्ने भएपछि पूर्वविचारलाई त्याग्दै साह ओली समूहमा लागेका छन्। ‘सहमतिमा अगाडि बढ्नुको सट्टा नेपालको संविधानको मूल मर्म र जनादेशविपरीत २ वर्ष कार्यकाल बाँकी रहँदारहँदै प्रतिनिधि सभा विघटनको निर्णय गर्नु आफैंमा आत्मघाती एवं आपत्तिजनक कार्य हो‚’ शाहले लेखेका थिए।







सम्बन्धित
Loading...