छोराको सम्झनामा हुप्सेकोटका मल्ल दम्पतीद्धारा न्यानो कपडा प्रदान


छोराको सम्झनामा हुप्सेकोटका मल्ल दम्पतीले बिद्यार्थी बालबालिकालाई न्यानो कपडा बितरण गरेका छन् । हुप्सेकोट ४ रूम्सीमा रहेको हुप्सेकोट माध्यमिक विद्यालयका नर्सरीदेखि कक्षा ५ सम्मका १ सय ३ जना बिपन्न बिद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको न्यानो हुप्सेकोट अभियानका मदन थापाले बताए ।
रचितको स्मृतिमा बुवा महादेब मल्ल र आमा दीपा मल्लले कठ्याग्रिदो जाडोमा बिपन्न परिवारका बालबालिकामा न्यानो लुगा नभएकै कारणले पनि उनीहरुको शैक्षिक बिकासमा प्रभाव पर्ने गरेको बुझेर सहयोगका लागि अभिप्रेरित भएको बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर बयम्बु को अध्यक्षता तथा न्यानो हुप्सेकोट अभियानका मदन थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।







सम्बन्धित
Loading...