एमसीसी देशको पक्षमा छ– उर्जामन्त्री रायमाझी
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले एमसीसी कार्यान्वयन गर्नेतर्फ सघाउन आग्रह गरेका छन् ।
मन्त्रीमा मनोनित भएपछि आज पद बहालीका क्रममा उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको भन्दैै विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरेका हुन् ।
मन्त्री रायमाझीले ऊर्जा उत्पादन र खपत दुबै बढाउँदै लैजाने योजना आफुले बनाएको बताए ।