१६ बर्षीया किशोरीको शव खोलामा


शनिबारदेखी हराएकी १६ बर्षीया किशोरीको शव फेला परेको छ । कपिलवस्तुको शिवराज ३ की १६ बर्षकी दीपा रोक्का मृत भेटिएको प्रहरीले जनाएको छ ।
मदवा स्थित जवई खोलामा आज सोमवार मनवाकै किशोरी मृतावस्थामा भेटेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिए ।
स्थानीयले खोला नजिकै घाँस काट्न जादाँ शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । सो घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक खरेलले बताए ।



। घटना स्थलमा प्रहरी पुगेर बालिकाको शब नियन्त्रण लिइ अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...