कालिका माविको ३७औं बार्षिकोत्सव सम्पन्न
कृशला सापकोटा –
नवलपरासी (देवचुली) । देवचुली नगरपालिका वडा नं ९ विशालटारमा रहेको कालिका माध्यामिक विद्यालयको ३७ औं बार्षिकोत्सव तथा अभिभावक भेला भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम राज अधिकारीको अध्यक्षयताको बार्षिकोत्सवमा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठको प्रमुख अथित्यता रहेको थियो ।
कार्यक्रममा श्रेष्ठले कालिका माध्यामिक विद्यालय शैक्षिक स्तरमा प्रगति गर्दै गएको बताउदै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि देवचुली नगरपालिका पनि तयार रहेको र अभिभावकहरु, शिक्षक, शिक्षिकाहरु समेत हातेमालो गनुपर्नेमा जोड दिए ।
बार्षिकोत्सव कार्यक्रममा विभिन्न किसिमका सांस्कृतिक र मनोञ्जनात्मक क्रियाकलाप विद्यार्थीहरुबाट प्रस्तुत गरिएको थियो भने खेलकुद प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, देवचुली नगरपालिका नगर शिक्षा प्रमुख राम प्रसाद शर्मा, देवचुली वडा नं ९ का वडाध्यक्ष मेख बहादुर सारु, लक्ष्मीनन्द अश्रयकोष संरक्षक नन्दकली अधिकारी, अभिभावकहरु, शिक्षक, शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।
https://www.youtube.com/watch?v=7XaiapKfLFc&t=227s
