उद्योग बाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष पौडेल र सदस्य बस्याल गृहजिल्ला नवलपुरमा सम्मानित
उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका जिल्ला–नगर उपाध्यक्ष ओमप्रसाद पौडेललाई नवलपुर उद्योग वाणिज्य संघले जिल्लामा स्वागत गर्दै बधाई तथा शुभकामना प्रदान गरेको छ ।
आज मंगलवार नवलपुर उद्योग बाणिज्य संघको कार्यालयमा अध्यक्ष डाँसुराज पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।
पौडेललाई संस्थाको तर्फबाट सम्मान पत्र र दोसल्लाद्धारा अभिनन्दन गरिएको हो ।
उपाध्यक्ष पौडेलले कोरोनाका कारण थला परेका उद्योग–ब्यवसायको प्रवद्र्धनमा आफ्नो पहिलो ध्यान जाने बताए ।
पौडेलले प्रदेशभित्रका सानादेखि ठुला उद्योग, पर्यटन, कृषि र व्यापारका क्षेत्रहरुलाई उर्जाशील गराउने कार्यमा लाग्ने बताए ।
बधाई तथा शुभकामना कार्यक्रममा नवलपुर उद्योग बाणिज्य संघका सल्लाहकारहरु शालिकराम ढकाल, बिष्णु भुसाल, महेन्द्र पोखरेल, चेतनाथ पोखरेल र लिला भण्डारीले शुभकामना मन्तब्य सहित खादा ओडाएर सम्मान गरेका थिए ।
यसैबीच, देबचुली उद्योग बाणिज्य संघले पनि जिलला–नगर तर्फबाटै सदस्यमा निर्वाचित धर्मराज बस्याललाई सम्मान गरेको छ ।
पौडेल नवलपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् भने बस्याल देवचुली उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष हुन् ।